पोखरा, लेखनाथ र दमौलीमा एकसाथ ‘वाइफाइ नेपाल’
पाेखरा | माघ ३, २०७९
कास्की: ‘स्पिड पनि, सस्तो पनि’ नारासहित इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाइ नेपाल प्रालिले पोखरा, लेखनाथ र तनहुँको दमौलीमा एकसाथ इन्टरनेटको सेवा बिस्तार गरेको छ ।
पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै काठमाडौंपछि गण्डकी प्रदेशको पोखरा, लेखनाथ र तनहुँको दमौलीमा एकसाथ सस्तो तथा सुलभ मूल्यमा इन्टरनेट सेवा सुरु गरेको जानकारी दिएको हो ।
कम्पनीका कार्यकारी अधिकृत शत्रुधन पञ्जियारले वाइफाइ नेपालले नेपालमै सबैभन्दा सर्वसुलभ मूल्यमा इन्टरनेट सेवा प्रदान गर्ने बताए ।
‘नेपालमा अहिले धेरै इन्टरनेट सेवा प्रदायक कम्पनीहरु छन्’, उनले भने, ‘हामीले ल्याएको वाइफाई नेपाल स्पिड पनि छ र सस्तो पनि छ त्यसैले नारा नै ‘स्पिड पनि, सस्तो पनि’ राखेका छौ । सेवाग्राहीले ५० एमबिपीएसको इन्टरनेट प्रतिमहिना ३ सय ३३ रुपैयाँमा चलाउन पाउँनेछन् ।’
उनका अनुसार ८० एमबिपीएसलाई प्रतिमहिना ५ सय रुपैयाँ तोकिएको छ ।
उनले ५० एमबिपीएसको इन्टरनेट बार्षिक ५ हजार ५ सय र ८० एमबिपीएसको इन्टरनेट ७ हजार ५ सयमा प्रयोग गर्न पाउने बताए । ‘हामीले काठमाडौंको सफलतापछि गण्डकीमा आएका छौं, हामीले न्यूनतम मूल्यमा सेवा प्रदान गरेर सबै नेपालीलाई जोड्न खोजेका छौ’, उनले भने, ‘आगामी दिनमा पोखरा लगायत अन्य विभिन्न शहरहरु तथा गाउँ–गाउँमा पुग्ने लक्ष्य लिएका छौं ।’
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

